Aajaad Bhayera Hera (आजाद भएर हेर) - Anjaan Shakya

आजाद भएर हेर
आवाद भएर हेर
एकफेर म जस्तै अनुभव गरेर हेर
एकफेर म जस्तै अनुभव गरेर हेर
आजाद भएर हेर

खडेरी परेको बर्षे झैँ
बाँच्नु हुन्न उजाड भई
आँधी हुरी छेक्न सक्ने
भईदेऊ तिमी पहाड झैँ
सक्छौ भने म जस्तै
स्वतन्त्र भएर हेर
स्वच्छ निलो आकाशमा
पंख फिजाई हेर
आजाद भएर हेर

हुरीको वेग जस्तै
अनन्त यात्रा हो जीवन
सुख दुखको कहिल्यै
नटुट्ने नाता हो जीवन
मान्छौ भने आशुँको पर्दा
उठाई हेर
उत्साहको सागरमा आफै
डुबेर हेर

आजाद भएर हेर
आवाद भएर हेर
एकफेर म जस्तै अनुभव गरेर हेर
एकफेर म जस्तै अनुभव गरेर हेर
आजाद भएर हेर

Popular posts from this blog

Guinness World Records

LYRICS OF NEPALI SONG AAO YAADHARU - JAGDISH SAMAL

Lyrics of best nepali song TIMI AAUNE BATO MA - By TRILOK RANA