lyrics of nepali pop song Ma Sansar Jitne aant gardai chhu (म संसार जीत्ने) by sabin rai

 lyrics of nepali pop song Ma Sansar Jitne aant gardai chhu (म संसार जीत्ने) by sabin rai

म संसार जीत्ने आँट गर्दैछु
मात्र तिमी मेरो साथ बसी देऊ
म विश्वले गाउने गीत म रच्दैछु
मात्र तिमी सुरमा ताल मिलाइ देऊ
यहि हो अर्थ रच्नुको
इतिहासमा अमर होस्
तिम्रो र मेरो कहानी सधैं सधैं
जब हिंड्दा हिंड्दै थाक्छु म कहिले काहि
त्यति बेला मेरो आड बनी देऊ
जीन्दगीको मोडमा सोच्न सकिन भने
तिम्रो मिठो बिचार मलाई देऊ
यहि हो अर्थ भन्नुको
सपना ठूलो छैन
बिलौना गर्न नपरोस् जीन्दगीमा

सुनौलो हाम्रो भविष्य साकार हुन्छ
मलाई भरोसा छ
म हरपल तिम्रो रक्षा गर्ने छु
मात्र तिमी आत्मा बल बनी देऊ
म विश्वले गाउने गीत रच्दैछु
मात्र तिमी सूरमा ताल मिलाइ देऊ
यहि हो अर्थ रच्नुको
इतिहासमा अमर होस्
तिम्रो र मेरो कहानी सधैं सधैं
म संसार जीत्ने आँट गर्दैछु
मात्र तिमी मेरो साथ बसी देऊ

 lyrics of nepali pop song Ma Sansar Jitne aant gardai chhu (म संसार जीत्ने) by sabin rai

Popular posts from this blog

Lyrics of nepali song DIN TYO PANI THIYO - ANUPRASTHA

lyrics of nepali song Nachaheko hoina timilai (नचाहेको होईन तिमीलाई) -the edge band

Guinness World Records